
३ फागुन, काठमाडौं । गरिमा विकास बैंकका अध्यक्ष पदमा निर्वाचित भएका श्यामप्रसाद बस्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बस्याललाई पद तथा गोपनियता शपथ गराएका हुन् ।
गरिमा विकास बैंकको साधारणसभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्यामप्रसाद बस्याल, डा. आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को विमल पाण्डे र संजिव ढकाल, सरस्वती पाठक संचालकमा निर्वाचित भएका थिए ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडाैंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।
प्रतिक्रिया