बजारको अभावले बारीमै कुहिन थाल्यो अदुवा
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार २१:०:४९
४ फागुन,डोटी । जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको हो । वर्षभरिको आम्दानीको स्रोतको रुपमा लिइने अदुवा व्यापारीले विभिन्न बहाना बनाउँदै किन्न नै नआउने गरेपछि अदुवा घरैमा कुहिन थालेको किसानको गुनासो रहेको छ ।
मकै र कोदो छाडेर अदुवाखेती गर्दैआएका यहाँका किसान अदुवा बिक्री नभएपछि चिन्तित बनेका छन् । जिल्लाको बडिकेदार, जोरायल, बोगटान फुड्सिललगायतका गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेको जोरायल गाउँपालिका–६ निरौलीका हिक्मतबहादुर बोहराले बताएका छन् ।
खाद्यबाली र तरकारीको विकल्पमा अदुवालगायका कृषक अदुवा नै बिक्री नहुन थालेपछि यो वर्ष कसरी घरखर्च चलाउने भन्ने समस्यामा परेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी स्थानीय बन्दना विष्ट ९कलेल० ले बताएकी छिन् । उचित बजार, मूल्य तथा ग्राहक नपाउँदा यहाँका किसानको सयौँ किलो अदुवा बारीमै थन्किएको छ ।
यहाँका घागल, बर्छैन, लानाकेदारेश्वर, मन्नाकापडी, कोला, स्याली, निरौली, खसरे, चिउरी, भुजाली, सडेखान, छेडा, गैमोडा, जैसिबाज, रिठारा, बुडाकोट, रिसडीलगायतका ठाउँमा व्यावसायिक रुपमा उदुवा उत्पादन हुन्छ । यहाँ उत्पादित अदुवाको प्रमुख बजार विपीनगर, शिवनगर, कैलालीको अत्तरिया तथा भारतका शहर हुन् । यति मात्र नभइ भारतले दुई वर्षयता नेपालबाट अदुवा न्यून मात्रामा किन्न थालेका कारण कृषक मारमा परेका छन् ।
बडिकेदार गाउँपालिकामा दुई हजार घरधुरीले व्यावसायिक अदुवाखेती गर्दै आएको बडिकेदार गाउँपालिका–१ भक्तबहादुर साउदले बताएका छन् । उनका अनुसार अधिकांश किसानले वर्षमा कम्तीमा एक जनाले तीनदेखि चार क्वीन्टलसम्म अदुवा उत्पादन गर्छन् । अन्य खेती भन्दा अदुवाखेती गर्न सजिलो तथा मनग्य आम्दानी हुने भएका कारण पनि किसान पछिल्लो समय अदुवा खेतीमा अकर्षित हुँदै गएको बडिकेदार गाउँपालिका कृषि एकाइ केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार