कांग्रेस बैठक बस्दै, नेताहरुको रणनीति आ-आफ्नै
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १८:२२:३०
५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकालाई मान्ने हो भने पर्सी फागुन ७ गते चौधौं महाधिवेशनको उद्घाटन हुनुपर्नेछ । तर आजसम्मको तयारी हेर्दा त्यस्तो सम्भावना देखिंदैन् । किनभने कुनै सुरसार गरिएकै छैन् । यति हुँदासमेत पार्टीका शीर्ष नेता आफ्नै धूनमा छन् । नयाँ मिति घोषणा गर्नुपर्छ भन्ने हेक्कासमेत नेताहरुलाई नभएको हो की केही जोखाना हेरेका हुन्, बुझ्न कठिन भएको छ ।
प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेस नेताहरुले स्वार्थकेन्द्रित भएर उपयोग गर्ने रणनीति बनाएका छन् । सभापति शेरबहादुर देउवा सकेसम्म चुनाव होस् र नेकपा फुटको फाइदा उठाउन पाइयोस् भन्ने ध्याउन्नमा देखिएका छन् । यस्तो अवस्थामा चुनावमा आफू अनुकूलका मानिसलाई टिकट दिएर जिताउन पाइने उनको दाउ छ ।
यसको प्रत्यक्ष फाइदा महाधिवेशनमा समेत हुने लख उनले काटेका छन् । चुनावपछि महाधिवेशन भयो भने त्यसले धेरै पक्षमा आफू बलशाली हुने ठम्याई देउवाको रहेको छ । उता, पार्टी संस्थापन इतर पक्षको दाउ अर्कै छ । देउवालाई आउने महाधिवेशनमा जसरी भएपनि हराउने एक सूत्रीय अभियानमा रहेको इतर पक्ष प्रतिनिधिसभा पुनस्थापना भए मात्रै सहज हुने ठम्याईमा रहेको छ ।
पुनस्थापनापछि देउवालाई संसदीय प्रकृयामा अल्झाएर महाधिवेशनमा आफ्नो पक्षको दवाव र प्रभाव बढाउने रणनीति यो पक्षको रहेको देखिन्छ । त्यसैको जुधाईमा परेको छ –महाधिवेशन । आज यही विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयमा कार्यसमिति बैठक बस्दैछ । देउवा सकेसम्म सर्वाेच्च अदालतको निर्णय आएपछि मात्रै नयाँ मिति तोक्ने पक्षमा रहेको भएपनि असन्तुष्ट पक्षले यसलाई रणनीतिक रुपमा प्रयोग गर्ने बुझेपछि छलफल गराउन राजी भएका हुन् ।
देउवाले कार्यसमिति बैठक नै नराखी प्रेस विज्ञप्ति जारी गरेरै कार्यसमितिको म्याद आगामी भदौसम्म बढाउन लागेको भन्दै रामचन्द्र पौडेल पक्षले आजकै लागि जिल्ला सभापतिहरुको भेला बोलाएको थियो । तर देउवाले भेला बोलाएकै दिन कार्यसमिति बैठक डाकिदिएका छन् ।
केन्द्रीय कार्यसमिति बैठक बोलाइएकाले भेला स्थगित भएको छ । तर कार्यसमिति बैठक बस्नु अगाडि पौडेल पक्षले पार्टी कार्यालयमै निकट केन्द्रीय सदस्यहरुको बैठक गर्ने भएको छ । आज बिहान ११ बजेदेखि पौडेल पक्षीय नेताहरु छलफलमा जुटेका छन् । कार्यसमिति बैठक भने दिउँसो २ बजेका लागि डाकिएको छ ।
आजको बैठकले मूलतः दुईवटा अजेण्डामा छलफल गर्ने पार्टी प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार, आज महाधिवेशनको नयाँ मिति तोक्ने र सरकारविरुद्धको नयाँ चरणको आन्दोलनको स्वरुपबारे छलफल हुनेछ । कार्यसमितिको चार वर्षे कार्यकाल गएको फागुन २० गते नै समाप्त भएको थियो । तर सभापति देउवाले विधानमा भएको व्यवस्था बमोजिम एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन् । उक्त म्यादपनि यही फागुन १९ गते समाप्त हुँदैछ ।
आजको छलफलमा पौडेल पक्षले तत्कालै महाधिवेशन गर्न अग्रसर हुनुपर्ने भन्दै ०७८ जेठ अगावै सक्न दवाव दिने बुझिएको छ । तर देउवा भने वैशाखमा चुनाव हुने भएकाले जेठको सट्टा भदौमा गर्न प्रस्ताव गर्ने तयारीमा रहेको स्रोतले बतायो । असहज परिस्थितिमा ६ महिना कार्यकाल थप्न सकिने संवैधानिक व्यवस्था रहेको छ । सोही बमोजिम भदौसम्म थप्न देउवाको जोड रहने बुझिएको छ ।
दुबै पक्षले रणनीतिक रुपमा यो मामलालाई उपयोग गर्न खोजेकाले समस्या उल्झिएको हो । महाधिवेशन सम्पन्न गर्न आवश्यक धेरै काम अझै सुरु नै भएका छैनन् । क्रियाशील सदस्यतादेखि समायोजनका धेरै विषय अझै थाँती बसेका छन् । यस्तो अवस्थामा फास्ट ट्रयाकबाट काम गर्न पनि सजिलो छैन । त्यसैले कांग्रेसले चौधौं महाधिवेशन गर्न ठूलै बल र कसरत गर्नुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार