मेसु फेरिरहँदा अस्पतालकाे काम कारवाही प्रभावित
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बिहिबार २:४६:५८
५ फागुन, चितवन । राजधानी बाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट ‘मेसु’ परिवर्तन भइरहँदा काम कारवाही प्रभावित भएका छन् । गत भदौयता अस्पतालमा तीन मेसु परिवर्तन भइसकेका छन् ।
अस्पतालबाट विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएसँगै डा राजन पाण्डे प्रमुख मेसु भएर आएका थिए। मंसिर ८ गते उनले राजिनामा दिए । अस्पतालका प्रवक्ता डा युवानिधि बसौलाका अनुसार मंसिर ९ गते डा जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो । तीन महिना नपुग्दै डा वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ ।
बसौलाका अनुसार उनले आजदेखि कार्यभार सम्हालेका थिए । आगामी वैशाख ५ गते उमेर हदका कारण उनको अनिवार्य अवकाश हुने बताइएको छ । त्यसपश्चात् पुनःअर्को मेसु बनाउनुपर्ने हुन्छ । डा तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा भएका थिए । त्यसअघि पनि अस्पतालमा डा विश्वबन्धु बगालेले ४५ दिन, डा रवीन खड्काले चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गरेको अस्पतालले जनाएको छ ।
पौडेल अगाडि डा रुद्र मरासिनीले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रुपमा रहेर काम गरेका थिए । तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष रहनुभएका हाल वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुखको स्थायित्व नहुँदा संस्थाले प्रभावकारीरुपमा काम गर्न नसक्ने बताउछन । उनले भने, “कम्तीमा दुई वर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न ।” यसले गर्दा अस्पतालले गर्नुपर्ने जति विकास गर्न नसक्ने उनको भनाइ छ । आफूले सम्बन्धित मन्त्रालयमा सुझाव दिएको सुवेदीले जानकारी दिए ।
दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उनको बुझाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउछन । उनले भने, “हामी निर्णय गर्छौं तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकिएको उनको भनाइ छ ।
अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ । यो अस्पताल दुई वर्षअघि सङ्घीय अस्पताल बनेको हो ।
छ सय श्यया रहेको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ । प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार