बुधबार , बैसाख ८, २०७८

आज बुटवलमा विप्लवसहितको चार पार्टी मोर्चाको जनसभा

आज बुटवलमा विप्लवसहितको चार पार्टी मोर्चाको जनसभा

६ फागुन, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले आज रुपन्देहीको बुटवलमा खुला जनसभा गर्दैछ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा ‘क्रान्तिकारी माओवादी’, ऋषि कट्टेल नेतृत्वका नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले आज बुटवलको ट्राफिक चोकमा जनसभा गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिबन्धित विप्लव समूहसहित चार पार्टीबीच माघ २९ गते काठमाडौंमा रणनीतिक संयुक्त मोर्चा घोषणा भएको थियो । मोर्चाको पहिलो चरणको कार्यक्रम अन्तर्गत बुटवलमा गर्न लागिएको सभामा विप्लवसहितका चारै वटा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले बताए ।

सभा हुनुअघि बुटवलको राजमार्ग चौराहाबाट र्‍याली निकालिने सुवेदीले बताए । गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि घोषणा भएको मोर्चाले संसद पुनःस्थापना वा निर्वाचन दुवैबाट निकास ननिस्कने भन्दै संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएको छ ।

चार पार्टीको संयुक्त मोर्चा प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म नै घोषणा गरिने बताइएको छ । संयुक्त संघर्षका लागि संयुक्त मोर्चा बनाएका चार पार्टीबीच पार्टी एकताको पहल भइरहेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मार्चा घोषणा कार्यक्रममा बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय