शुक्रबार , बैसाख ३, २०७८

प्रधानमन्त्री ओली आज अदालत जाने

प्रधानमन्त्री ओली आज अदालत जाने

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । ओलीविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन प्रधानमन्त्री सर्वोच्च जान लागेका हुन् ।

ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो । त्यस्तै सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय