ग्लोबल आइएमई बैंकले जग्गा बिक्री गर्दै
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:१९:५६
६ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो ।
यी कित्ताको क्षेत्रफल क्रमश २५४.५०, २५४.५०, ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो ।
त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्रि गर्न लागेको हो ।
यी कित्ताको क्षेत्रफल क्रमश ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा, ३ दाम हो ।
बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार