खोप किन्न सरकारले भारतलाई दियाे ९३ करोड
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २३:६:३४
६ फागुन, काठमाडौं । सरकारले भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । मन्त्रिपरिषद बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरेको हो ।
सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी दिएको दुई हप्ताभित्र भारतले खोप पठाउने बताएको छ र उक्त खोप आएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाइने छ ।
सेरम इन्ष्टिच्युटसंग प्रतिखोप ४ डलरका दरले सहुलियतमा खोप उपलब्ध गराउने सहमति भएको छ । खोप दुई चरणमा १०र१० लाख डोज उपलब्ध गराउने सेरम इन्ष्टिच्युट अफ इन्डियाको प्रतिवद्धता छ । नेपालको भण्डार क्षमता कम भएकाले एकै पटक खोप आयात गर्दा समस्या हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारत सरकारले गत ८ माघमा १० लाख डोज खोप अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप फेब्रुअरीको अन्तिमसम्ममा नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार