तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार ११:५५:४७
वि.सं. २०७७ साल फागुन ०७ गते । शुक्रबार इ.स.२०२१ फेब्रुवरी १९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– सप्तमी,०९ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,२८ बजेर १९ मिनेट उप्रान्त रोहिणी । योग–ऐन्द्र,२७ बजेर १७ मिनेट उप्रान्त वैधृति । करण–वणिज,०९ बजेर १५ मिनेट उप्रान्त भद्रा,२२ बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष,०८ बजेर २४ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेटमा,सूर्यास्त १७ बजेर ५६ मिनेटमा । दिनमान २८ घडी ११ पला । प्रजातन्त्र दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- आफन्त साथिभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने बिशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । मायाप्रेमको डोरो कसिलो हुनेछ भने पतिपत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिने छ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेको छ । बिहानको समयमा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अबिश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ । तरपनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । बिहानको समय उत्तम रहेकोले व्यापारमा वृद्धि हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । बिशिष्ट व्यक्तीहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । उत्पादनमुलक क्षेत्रमा लगानी गरी प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउने छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । मायाप्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रशन्न हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाईलेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । बिहानको समयमा आफन्तसँग घरायसी कुरामा राय बाजिने छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- व्यक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । पढाईलेखाईमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ । बिहानको समय उत्तम रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – विवादित बिषयहरुबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुशिले उचाई नाघ्नेछ । पढ्नेलेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिने छ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिद्या तथा प्रतिस्पर्धामा सहकर्मिहरुलाई हराई नतिजा आफुतिर ल्याउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा सन्तानको साथ सहयोग नपाईने हुनाले कामहरु सुस्त गतिमा अगाडी बढ्नेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा समस्या आउनेछ भने जीवन साथिसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । बिहानको समयमा पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- मायाप्रेममा नचाहादा नचाहादै मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । बिहानको समयमा कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरी प्रसन्न हुने समय रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिने छ । मायाप्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार