बुधबार , फागुण १९, २०७७

कोरियामा विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी

कोरियामा विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी

७ फागुन, काठमाडौं । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो । यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो ।

यहाँका कानूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानवअधिकारको रक्षा गर्न यो कानूनले सहयोग गर्ने बताए । यो कानून लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उनले बताए छ । त्यस्ता बच्चाले बीमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यदि कुनै विदेशी श्रमिक कोरियामा अवैधानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वैधानिकता प्राप्त गर्नेछन् । हालसम्म कोरियामा अवैधानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रचण्ड-माधव नेपाल संसदभित्र कुन बेन्चमा बस्दै छन ? प्रचण्ड-माधव नेपाल संसदभित्र कुन बेन्चमा बस्दै छन ? १८ घण्टा पहिले
एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवाना, बचतकर्ताको रकम अविलम्ब फिर्ता दिन आदेश ८ घण्टा पहिले
नेप्सेमा वाणिज्य र विकास बैंकको शेयर सूचीकृत, कुनको कति ? नेप्सेमा वाणिज्य र विकास बैंकको शेयर सूचीकृत, कुनको कति ? १३ घण्टा पहिले
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु १९ घण्टा पहिले
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ५० घर जले ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ५० घर जले १४ घण्टा पहिले
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार १६ घण्टा पहिले
रश्मी बनिन् लेट मी इन मिसेज ब्युटी क्विन नेपालको बिजेता रश्मी बनिन् लेट मी इन मिसेज ब्युटी क्विन नेपालको बिजेता १५ घण्टा पहिले
फेवातालको चारकिल्ला र सिमाना विवरण पहिलोपल्ट नेपाल राजपत्रमा फेवातालको चारकिल्ला र सिमाना विवरण पहिलोपल्ट नेपाल राजपत्रमा ९ घण्टा पहिले