बुधबार , फागुण १९, २०७७

प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला

प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि कठिन र जटिल मोडमा हामी छाैं : डा. कोइराला

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले ७१ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिँदै  अहिलेको परिस्थितिले नेपालीका लागि आगामी दिन अझ कठिन र जटिल बन्दै गएको बताएका छन् ।

नेता काेइरालाले प्रजातन्त्र प्राप्तिको ७१ औं वर्षपछि  इतिहासकै कठिन र जटिल मोडमा गुज्रँदै हामीले अब के होला भन्ने त्रासमा जीवन बाँचिरहेको र आज भन्द ७१ वर्ष अगाडी आजैको दिनलाई सम्झना गरिरहेको बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत शुभकामना दिँदै कोइरालाले ,लेखेका छन् :– “हामी इतिहासकै कठिन र जटिल मोडमा उभिएका छौं ।  नेपाली जनताको त्याग, संघर्ष र बलिदानीबाट प्राप्त भएको प्रजातन्त्र र संबिधान खतराको मार्गमा प्रवेश गरेको छ। आज हामी थप जिम्मेवार हुनुपर्ने समय आएको छ।  प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुप्रति श्रद्धाञ्जली र सबै नेपालीहरुमा शुभकामना।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय