बुधबार , फागुण १९, २०७७

प्रदेश २ को प्रमुखमा पत्रकार अहिराज नियुक्त

प्रदेश २ को प्रमुखमा पत्रकार अहिराज नियुक्त

७ फागुन, काठमाडौं । प्रदेश नं. २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई आजै नियुक्त गरेकी हुन् । राैतहट निवासी झाको परिचय राजेश अहिराजका रुपमा हुने गरेको छ ।

उनी राजधानीबाट प्रकाशित हुने मधेशवाणी साप्ताहिकका प्रधानसम्पादकसमेत हुन् । साथै, उनले मधेश मिडिया हाउस नामक सञ्चारगृह पनि सञ्चालन गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनी ओलीको प्रशंसका रुपमा देखापरेका छन् । उनले प्रचण्ड र आफ्नै जिल्लाबासी नेता माधवकुमार नेपालको चर्काे आलोचना गर्ने गरेका छन् । यसअघि आजै तिलक परियारलाई पदमुक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय