मंगलबार , फागुण १८, २०७७

आज काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने, कहाँ-कति बजे ?

आज काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने, कहाँ-कति बजे ?

८ फागुन, काठमाडौं । शनिबार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा बत्ती जाने भएको छ । लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने भएको छ ।

रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए।भी।एम। चोकलगायत क्षेत्रमा विद्युत मर्मतको काम हुँदै छ । त्यस क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बिजुली जाने भएको छ । पाटन फिडरअन्तर्गत पर्ने हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने भएको हो ।

यस्तै भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले दुई घण्टाका लागि बिजुली बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले आज काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस फिडरमा पर्ने क्षेत्रमा बत्ती जाने भएको छ । स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ १७ घण्टा पहिले
पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक २ घण्टा पहिले
सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु सिनो हाइड्रो र मजदूरबीच विवाद समाधान, अवरुद्ध काम शुरु २० घण्टा पहिले
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल १ घण्टा पहिले
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो २ घण्टा पहिले
नेप्सेमा मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत नेप्सेमा मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत २० घण्टा पहिले
गाउँमा सडक पुगेपछि बाजागाजासहित खुशीयाली गाउँमा सडक पुगेपछि बाजागाजासहित खुशीयाली २ घण्टा पहिले
प्रचण्ड-माधव समूहले बाेलायाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक प्रचण्ड-माधव समूहले बाेलायाे स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक २२ घण्टा पहिले