मंगलबार , फागुण १८, २०७७

सुर्खेतको वीरेन्द्रनगरमा पनि बर्ड फ्लु देखियाे

सुर्खेतको वीरेन्द्रनगरमा पनि बर्ड फ्लु देखियाे

८ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिए । यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका पछीमा बर्ड फ्लु देखिएको थियो ।

विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ । रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीयस्तरसमेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उनले जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रोग नियन्त्रणका क्रममा शुक्रबार पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पछी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले जानकारी दिए ।

यसैक्रममा २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ । साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको छ । विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय