शुक्रबार , फागुण २१, २०७७

मौरी र सुन्तला जोनको सफलतापछि नयाँ जोनको सिफारिस

मौरी र सुन्तला जोनको सफलतापछि नयाँ जोनको सिफारिस

९ फागुन,जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ ।

नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताएका छन् । नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिएका छन् । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।

त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिकरूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्री आफै शक्ति प्रदर्शनमा निस्किएपछि देश त द्वन्दमा गैसक्यो : डा. कोइराला प्रधानमन्त्री आफै शक्ति प्रदर्शनमा निस्किएपछि देश त द्वन्दमा गैसक्यो : डा. कोइराला ३ हप्ता पहिले
घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु २ हप्ता पहिले
जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेका छौ : मुख्यमन्त्री राई जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गरेका छौ : मुख्यमन्त्री राई ३ हप्ता पहिले
सबैको मन रुवाउने, बिनोद र अनिताको गीत बजारमा सबैको मन रुवाउने, बिनोद र अनिताको गीत बजारमा ५ दिन पहिले
विश्व टेनिस टुरमा नेपालकी अभिलाषा सेमिफाइनलमा पराजित विश्व टेनिस टुरमा नेपालकी अभिलाषा सेमिफाइनलमा पराजित ३ हप्ता पहिले
अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ग्राउन्डेड अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ग्राउन्डेड २ हप्ता पहिले
५० श्यया क्षमताको सुविधा सम्पन्न अस्पताल भवन अलपत्र ५० श्यया क्षमताको सुविधा सम्पन्न अस्पताल भवन अलपत्र ४ हप्ता पहिले
ओलीलाई गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न पूर्वउपकुलपतिहरूकाे आग्रह ओलीलाई गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न पूर्वउपकुलपतिहरूकाे आग्रह २ दिन पहिले