सोमबार , फागुण २४, २०७७

 प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्‍नु पर्छ : पौडेल

 प्रधानमन्त्री ओलीले जनतासँग माफी माग्‍नु पर्छ : पौडेल

९ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले जनतासँग माफी माग्‍नु पर्ने बताएका छन् । नेपाल तरुण दल आँधीखोला गाउँपालिका स्याङ्जाले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिबारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ मा पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा सम्वृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए ।

नेकपाको दुई तिहाइ मत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाइ थियो । लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको, तीन वर्षसम्म कुनै ठोस परिवर्तन गर्न नसकेको आरोप पौडेलले लगाए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड-१९ का कारण जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन नसकेको, चौतर्फी भ्रष्टाचार र महङ्गी मौलाउँदा पनि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पौडेलको भनाइ छ ।

ओली नेतृत्वको सरकारले गराउने चुनाव निष्पक्ष हुने नसक्ने उनले बताए । असंवैधानिक कदम नसच्याइ गरिने चुनावको वैधानिक हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय