शनिबार , फागुण २२, २०७७

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने

९ फागुन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि (Ask Mukti Bhai) नामक भर्चुअल (अनलाइन ) सहायता सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

साे सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् बैंकले जनाएकाे छ । आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence ) आधारित यो च्याटवट (Chatbot) सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ ।

यस सेवाको लागि बैंकको वेबसाइट ( www.muktinathbank.com.np ) मा गएर दायाँतर्फ Ask Mukti Bhai वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network  अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

image

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय