
९ फागुन, काठमाडौं । धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक उत्सव तथा तेश्रो साधारणसभाको सम्पन्न भएको छ । सनिबार उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गर्दै व्यवसाय सबल भएमा मात्र देसको उन्नती हुने बताए । उनले भने, ‘व्यवसायीको समस्यालाई समाधान गर्न सरकारले सहयोग गर्ने ।’
सोही कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले कलकत्ता बन्दर्गाहबाट काठमाण्डौं सम्मको छोटो दुरी धनुषाको जटही नाका रहेकाले समग्र जनकपुरको बिकासका खातिर जटही नाकालाई अन्तराष्ट्रिय स्तरको सुख्खा बन्दर्गाहको रुपमा बिकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उक्त कार्यक्रममा धनुषा चेम्बरका अध्यक्ष विजय साहको सभापतित्वमा भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा २ नं. प्रदेस सभा सदस्य रामचन्द्र मण्डल, किशोरी महतो, नेपाल चेम्बर अफ कमर्सका सदस्य सुरेन्द्र कुमार श्रेष्ठ, प्रदेश न. २ चेम्बर अफ कमर्सका अध्यक्ष पवन कुमार ठाकुर, प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला, नेपाली सेना तथा सशस्त्र प्रहरी गणका गणपतिहरु, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, नेउवामहासंघ पुर्व सदस्य निर्मल कुमार चौधरी, जनकपुर उवासंघका पुर्व अध्यक्ष वजरंग प्रसाद साह लगायत उद्योगी ब्यावसायीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा जनकपुरका वरिष्ठ ब्यावसायी किशोरी लाल चौधरीलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया