शुक्रबार , फागुण १४, २०७७

प्रचण्ड–माधव समूहद्धारा ९ बुँदे मापदण्ड तय, अब ५०-५० प्रतिशत हुने

प्रचण्ड–माधव समूहद्धारा ९ बुँदे मापदण्ड तय, अब ५०-५० प्रतिशत हुने

९ फागुन, काठमाडौं । संगठनात्मक संरचनालाई पूर्णता दिन नेकपा प्रचण्ड–माधव समूहले ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका हुन् ।

यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुने भएको छ । मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ । एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय