
९ फागुन, काठमाडौं । लामो गलफत्ती र विवादपछि आज बस्ने भनिएको प्रदेश नं. १ को प्रदेशसभा बैठक बस्ने भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक बस्ने कार्यसूचिसहित वैठक राखेका छन् ।
तर मुख्यमन्त्री शेरधन राई पक्षले भने आजको बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री राईविरुद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय भएकाले बैठकमा उनीहरु नबस्ने भएका हुन् ।
मुख्यमन्त्री राई पक्षले १६ जना सांसद्लाई निलम्बन गरेको भन्दै उनीहरु बैठकमा सहभागी हुन नपाउने दाबी गरेको छ । त्यसैले उनीहरु बैठकमा आएसम्म आफूहरु नबस्ने जानकारी सरकारी पक्षले सभामुखलाई गराएको छ ।
प्रतिक्रिया