मंगलबार , फागुण १८, २०७७

प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर

प्रेस संगठन पुनर्गठन : इन्चार्जमा योगेश, सह-इन्चार्जमा महेश्वर

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट निस्काशन गरेपछि प्रचण्ड–माधव समूहले संगठन निर्माणलाई उच्च महत्व दिन थालेको छ । यसैक्रममा आज पेशागत निकायतर्फको पत्रकारहरुको संस्था प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज तय गरिएको छ । यस्तै संगठनको सह-इञ्चार्जमा महेश्वर दाहाल, ओमनाथ ढुंगाना र विष्णु रिजाललाई चयन गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दाहाललाई संगठनको संयोजक तोकिएको छ । यस्तै सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका छन् । संगठनको महासचिवमा राजेश राई चयन भएका छन् । यस्तै प्रदेश नं. १ को इन्चार्जमा राजन केडी र संयोजकमा देवेन्द्र कार्की, प्रदेश नं.२ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्ण तोकिएका छन् ।

यस्तै बाग्मती प्रदेश इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनील खड्का तोकिएका छन् । गण्डकी प्रदेशको इन्चार्जमा हरिनारयण गौतम र संयोजकमा अर्जुन काफ्ले चयन भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको इन्चार्जमा विकास बञ्जाडे र संयोजकमा मानसिंह विक चुनिएका छन् । कर्णाली प्रदेशको इन्चार्जमा जीवन विसी र संयोजकमा प्रतीक इच्छुक शर्मा परेका छन् ।

उता, सुदूरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चयन गरिएको छ । यस्तै उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाल चुनिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय