आज माधवनारायणका वर्तालुलाई खुवाइयो खीर
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार १:२८:१९
९ फागुन, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि शङ्खरापुर नगरपालिकाको साँखुमा माधवनारायण व्रत गरिरहेका वर्तालुलाई आज खीर ‘तस्मी’ भोजन गराइएको छ । बर्तालुलाई प्रत्येक वर्ष माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन खीर भोजन गराउने परम्परा छ ।
खीरसँगै फलफूलका रुपमा उखु र सुन्तला, केराउ एवं पालुङ्गोको सब्जी पनि खुवाउने परम्परा रहेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिए । वर्तालुलाई यसअघि पशुपतिनाथ, शेषनारायण र पनौतीमा पैदल यात्रा गराइसकिएको छ ।
माघ शुक्ल एकादशीका दिन साँखुबाट भक्तपुरको चाँगुनारायणसम्म तीर्थयात्रा गराइन्छ । चाँगुनारायण मन्दिरमा माघ शुक्ल द्वादशीका दिन स्नान, पूजाआराधना गरी त्यसै दिन बेलुकी साँखु फर्कने व्रत विधि छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।
कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।
शनिबार र सार्वजनिक बिदा परेका दिन शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शालीनदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएर मात्र मन्दिर प्रवेश गराइन्छ ।
शालीनदी जान पाइँदैन सार्वजनिक यातायात
मन्दिर नछिर्ने तर शालीनदी क्षेत्रमा आउने भक्तजनलाई भने समितिले माइकिङ गरेर मास्क लगाउन आह्वान गर्दै आएको छ । शालीनदीमा एकमहिने माधवनारायण मेलाका कारण साँखु, पालुवारी, जहरसिंपौवालगायत स्थानमा उपत्यकाका विभिन्न स्थानबाट चल्ने सार्वजनिक यातायात भीड हुने गरेको छ ।
बेलुकी भने ६ बजेपछि नै रत्नपार्क, सातदोबाटो, नयाँबानेश्वरलगायत स्थानबाट साँखु जाने बस नपाइने गरेको यात्रुको गुनासो छ । यसबाट बेलुका साँखु गएर बिहान शालीनदीमा स्नान एवं माधवनारायण पूजा आराधना गरेर फर्कन चाहने भक्तजन प्रभावित भएका छन् ।
दिनभर राजधानीको मुख्य भागमा काम गरेर घर फर्कने यात्रु पनि प्रभावित हुने गरेको स्थानीयवासी कृष्णमाया श्रेष्ठको गुनासो छ । केही सार्वजनिक यातायातले मेलाको मौका छोपी बढी भाडा लिन थालेको पनि यात्रुको दुःखेसो छ । यसअघि साँखु मार्गमा नदेखिएका सवारीले अहिले बढी भाडा लिन थाले पनि सरोकार भएका निकायले अनुगमन नगरेको यात्रुको भनाइ छ ।
साँखु बस व्यवसायी कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ साँखुबाट फर्कनेका लागि बेलुकी ७ बजेसम्म सवारीको व्यवस्था गरे पनि रत्नपार्क, सातदोबाटो, बानेश्वरलगायत स्थानबाट बेलुकी साँखु फर्कने सवारीलाई नियमित गर्न नसकिएको स्वीकार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार