सोमबार , फागुण २४, २०७७

१४औं बिग बोसको उपाधि अभिनेत्री रुबिनालाई

१४औं बिग बोसको उपाधि अभिनेत्री रुबिनालाई

१० फागुन, एजेन्सी । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४औं संस्करण टेलिसिरियल अभिनेत्री रुबिना दिलेकले जितेकी छन् ।यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

rubina

Big Boss 14 winner

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय