शुक्रबार , फागुण २१, २०७७

प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्व चयन

प्रचण्ड-माधव पक्षको जिल्ला नेतृत्व चयन

१० फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजित नभएको दाबी निर्वाचन आयोगले गरेपनि राजनीतिक रुपमा भने दुबै पक्षले अलग बनाएका छन् । यसैक्रममा प्रचण्ड–माधव समूहको नेकपाले देशव्यापी रुपमै नेतृत्व परिवर्तन गरेको छ ।

विगतमा केपी ओलीसँग पार्टी एकता गर्दा तत्कालिन नेकपा माओवादी केन्द्रले ४० प्रतिसत भागबण्डा पाएकोमा अब भने आधा आधाको सहमति भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओलीलाई पार्टीबाट निस्कासन गरेपछि बनेको संगठनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच हरेक कमिटीमा आधा आधाको भागबण्डा हुने भएको छ । सोही बमोजिम आजसम्म ६८ जिल्लाको नेतृत्व चयन भएको छ ।

त्यसमध्ये ३५ जिल्लामा पूर्व माओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व नेकपा एमाले नेतृत्वमा रहेको छ । यसरी भागबण्डा गर्दा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव पद मिलाइएको छ ।

गण्डकी र लुम्बनी प्रदेशका केही जिल्लाहरुमा भने भागबण्डा मिलाउन बाँकी रहेको छ । साथै, चारवटा महानगरपालिकाको समेत अहिले नेतृत्व चयन भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय