मंगलबार , फागुण १८, २०७७

स्थानीयवासीको सक्रियतामा कूलमायाको घर निर्माण शुरु

स्थानीयवासीको सक्रियतामा कूलमायाको घर निर्माण शुरु

१० फागुन,दमक । दुई वर्षअघि आगोले जलेर मृत्यु हुनुभएकी आर्थिक रुपमा विपन्न झापा, कमल गाउँपालिका–६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयवासीको सक्रियतामा घर निर्माण शुरु गरिएको छ । कूलमायालाई बचाउन गठन गरिएको अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयवासीले कूलमायाको परिवारलाई घर बनाइदिने भएका हुन् ।

सोका लागि हुकुमसिंह राईको नेतृत्वमा नौ सदस्यीय समिति पुर्नगठन गरी त्यसै अनुसार घरनिर्माणको काम थालिएको समितिका सदस्य हर्क राईले जानकारी दिएका छन् । वर्षौंदेखि अर्काको जमीन रेखदेखका लागि बसेका र घरबारबिहीन अवस्थाका कूलमायाका परिवारलाई बसोबास गराउन सो ठाउँको आँपडाँडामा आवासको व्यवस्था मिलाउने गरी घरनिर्माण थालिएको समितिले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समितिका संयोजक राईका अनुसार नेपाल परिवारबाट बस्नेत परिवारलाई १० धुर जग्गा उपलब्ध गराइएको छ । सोही जग्गामा समितिको सक्रियतामा सहयोग जुटाएर स्वर्गीय कूलमायाका बुबा देवीबहादुर, छोरा विदुरसहितको परिवारको बसोबासका लागि चार कोठाको घर बनाउन शुरु गरिएको संयोजक राईले बताएका छन् । समितिले सबैको सहयोगमा घर निर्माण सम्पन्न गरेर बस्नेत परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

कूलमाया बचाउका लागि दाताबाट दुई वर्ष अघिनै जुटाइएको करीब रु तीन लाख ५० हजार बैंक मौज्जाद छ । सो रकमको ब्याजबापतको रकम निकालेर यसअघि देवीबहादुरका छोरा विदुरको उपचारका लागि दिइएको र घर निर्माण अन्य दाताबाटै पूरा गरी बस्नेत परिवारको जीविकोपार्जनका लागि सो रकमसमेत हस्तान्तरण गरिने संयोजक राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय