बिहिबार , फागुण १३, २०७७

मोरङ, बारा र सिन्धुलीबाट लागूऔषधसहित ६ जना पक्राउ

मोरङ, बारा र सिन्धुलीबाट लागूऔषधसहित ६ जना पक्राउ

१० फागुन, काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित मोरङ, बारा र सिन्धुलीबाट ६ जनालाई पक्राउ गरेको छ ।
मोरङ, कटहरी गाउँपालिका-४ चमराही चोकबाट ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र १ थान डिजिटल काँटा सहित सोही गाउँपालिका-४ बस्ने ३७ वर्षीय मनराज शेख समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोईन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै, बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ पुरानो भैसी बजार नजिकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका-७ बस्ने २० वर्षीय असलम अन्सारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २-०३-०१० प ८०६६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता, सिन्धुलीको कमलामाई नगरपालिका-६ माझीटारबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-६ धुरा बजार डेरा गरी बस्ने सोही नगरपालिका-१२ घर भएका १९ वर्षीय अङकित बिक र गोलन्जोर गाउँपालिका-४ आरुबोट घर भएका ३१ वर्षीय राजु गजमेर रहेका छन् ।

बर्दिबासबाट सिन्धुलीतर्फ आईरहेको प्रदेश २-०२-००१ ह १२६२ नम्बरको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार अङकितको साथमा उक्त पदार्थ फेला पारी अटो चालक राजु समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय