बिहिबार , फागुण २०, २०७७

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख भन्दा बढी

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख भन्दा बढी

१० फागुन, रियो डि जेनेरियो । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार सोमबार बिहानसम्ममा ब्राजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।

यसरी यहाँका नागरिक यो संक्रमणबाट मृत्यु हुनेको संख्यामा २ लाख ५० हजारको नजिक पुगेको बताइएको छ । यहाँ यो संक्रमणबाट पछिल्लो समयमा धेरैको मृत्यु भएको पाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् सोमबार बिहानसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४६ हजार ५०४ जनाको मृत्यु भएको छ ।ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा ५२७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट नै मृत्यु भएको पाइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो संख्या घट्दै गएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिहिबार देशभरका सबै अदालत बन्द हुने बिहिबार देशभरका सबै अदालत बन्द हुने १ दिन पहिले
गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई जीवनभर कारावासको सजाय, छोरीलाई सफाइ ! १ दिन पहिले
शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ता धेरै कमाए ? शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ता धेरै कमाए ? ३ दिन पहिले
राप्रपा रसुवाका अध्यक्ष तामाङसहित दर्जनौँ नेता कांग्रेसमा प्रवेश राप्रपा रसुवाका अध्यक्ष तामाङसहित दर्जनौँ नेता कांग्रेसमा प्रवेश ७ घण्टा पहिले
नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला १ दिन पहिले
प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा ६ दिन पहिले
कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला कांग्रेस सरकारमा जाने भन्ने बेमौसमी कुरा मात्र हुन : डा.कोइराला ४ दिन पहिले
विद्युतीय भुक्तानी सीमा अब दोब्बर, इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने विद्युतीय भुक्तानी सीमा अब दोब्बर, इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने १ दिन पहिले