भलिबलमा भविष्य खोज्दै सुदूरपश्चिमका १७ वर्षीय विशाल
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १९:४९:४२
१० फागुन,भजनी । भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र भए । कम उमेरमा क्षेत्रीय स्तरमा पुगेका उनी सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उनी अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थालेका छन् । एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित भएका उनी लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।
“मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ । छ महिना क्रिकेट खेल पनि सिकें”, उनले भने, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो । त्यही भएर भलिबल खेल्दै आएको छु ।”
कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उनले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउछन् । “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ । त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ ।” उनले भने, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ । त्यति मैदानमा पुगे सजिलो छैन । तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु ।”
उनी अहिलेसम्म सहभागी भएका प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिक रुपमा अगाडि बढाउने धोको रहेको बताउछन् । उनले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आएका छन् । “महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु । गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पु¥याउने मेरो लक्ष्य छ”, उनले भने, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन । आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ । म बनेर देखाउने छु ।”
उनलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन । अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उनी बताउछन् ।
“परिवारमा कमाउने कोही छैन । बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उनले भने, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो । अहिले शुल्क माग्न थालेको छ । यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ ।” उनले महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आएका छन् । कोरोना महामारीको सङ्क्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको उनी बताउछन् ।
“कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उनले भने, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन ।” उचाइ कम भएका कारण उनले लिब्रो खेल्दै आएका छन् ।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताउछन् । “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ । उनमा राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उनले भने, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ । यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ ।” उनले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताउछन् । उनले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताएका छन् ।
खेलकूदले युवालाई सही बाटोमा डो¥याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताएका छन् । “हामी अन्य प्रदेशभन्दा अगाडि छौं भने त्यो खेलकुदमा छौँ । खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उनले भने, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार