
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर देशलाई अस्थिरतातिर धकेलेको र प्रतिगमनलाई सघाउन खोजेको भन्दै प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले आज राजधानीका विरोध जनाएका छन् ।
यसक्रमा विद्यार्थीहरुले नारायणहिटी संग्राहलय अगाडि ओलीको पुत्लामा बनाएर जुत्ता प्रहार गरेका छन् । प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको उक्त विरोध प्रदर्शनले यतिबेला राजधानीको ट्राफिक अस्तव्यस्त बनेको छ ।
उनीहरुले ओलीको पुतलालाई प्रतिगमनको प्रतिकका रुपमा देखाएका छन् । यसक्रममा विद्यार्थीहरुले प्रतिगमन मूर्दाबाद भन्दै नाराबाजी समेत गरेका थिए । विरोधका क्रममा अनेरास्ववियूका अध्यक्ष रञ्जित तामाङले ओलीको कदम प्रतिगमनतर्फ उन्मुख भन्दै प्रतिकात्मक रुपमा विरोध गर्न पुतलामा जुत्ता प्रहार गरिएको बताए ।
संसद विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।
प्रतिक्रिया