
१० फागुन, काठमाडौं । पेट्रोलियम पदार्थबाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मासिक ९ अर्ब भन्दा धेरै कर असुल्दै आएको तथ्य सार्वजनिक भएको छ । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एल.पी ग्यासमा सरकारले उठाउने गरेको कर अत्याधिक भएको भन्दै नेपाली कांग्रेस (बीपी) ले विरोध गरेको छ ।
सरकारले विभिन्न शिर्षकमा लिने कर सार्वजनिक गर्दै कांग्रेस बीपीले अति आवश्यक पेट्रोलियम पदार्थमा विभिन्न शीर्षक खडा गरि करको भारी जनतालाई बोकाएको भन्दै अति आवश्यक पेट्रोलियम पदार्थमा राहत दिन माग गरेको हाे ।
नेपाली कांग्रेस (बीपी) का युवा नेता तथा केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्ले आज फेसबुकमा नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाएको करको शिर्षकको व्यहोरा राख्दै नेपाल सरकारले पेट्रोलियम पदार्थमा कसरी कर लगाएको छ । हेरौं एकपटक भनि सरकारले लगाएको करको शिर्षक र मुल्य सार्वजनिक गरेका छन् ।
वाग्लेले लेखेका छन्, यसरी पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरि कर लगाउने तर जनताले कर तिरेको अनुभव कहिले गर्ने खै जनतालाई कर तिरेको सेवा सुविधा पुर्वाधार कोषको र सडक सम्भार कोषको रकम खै सरकार ? पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एल पि ग्यासमा किन जनतालाई राहत दिन सकिदैन सरकार ? यी अति आवश्यक पेट्रोलियम पदार्थमा पनि किन करको भारिू भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया