
१० फागुन, गुल्मी । गुल्मीमा ससुराको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
फागुन ८ गते ८७ वर्षीय नन्दकुमार ज्ञवाली ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । घटना रहस्यमय देखिएपछि फागुन ९ गते उनकी बुहारी मनकलालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गुल्मी प्रहरीले जनाएको छ ।
सोही दिन राति करिब ९ः४५ बजेको समयमा नन्दकुमारको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान थालिएको श्रेष्ठले बताए ।
प्रतिक्रिया