बुधबार , फागुण १९, २०७७

मंगलबार नेप्सेमा निर्धन उत्थान लघुवित्तको शेयरमूल्य समायोजन

मंगलबार नेप्सेमा निर्धन उत्थान लघुवित्तको शेयरमूल्य समायोजन

११ फागुन, काठमाडौं । नेप्सेले मंगलवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ४४० तोकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य १ हजार ६२७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले यस वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

ad

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय