सोमबार , फागुण १७, २०७७

महान्याधिवक्ता खरेलले दिए राजीनामा, स्वीकृत हुन बाँकी

महान्याधिवक्ता खरेलले दिए राजीनामा, स्वीकृत हुन बाँकी

११ फागुन, काठमाडौं । महान्याधिवक्ता अग्‍नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्याधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बतायो । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वानुमान गर्न सकिन्‍छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिनिधि सभा पुनस्स्थापना सम्बन्‍धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्‍दै कामचलाउ प्रधानमन्त्री केपी ओली महान्याधिवक्ता खरेलसँग असन्तुष्‍ट थिए । कामचलाउ प्रधानमन्त्री ओलीले खरेललाई पटक-पटक बोलाएर असन्तुष्‍टि व्यक्त गरेका थिए । त्योसँगै खरेलले राजीनामा दिएको बालुवाटार स्रोतले पुष्‍टि गर्‍यो ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा आफ्नो पक्षको बचाउ व्यवस्थित ढंगले गर्न नसकेको भन्दै खरेलसँग धेरै असन्तुष्टि जनाउँदै राजीनामा मागेकाे स्राेतकाे दाबी छ । राजीनामाका सम्बन्धमा खरेलले भने केही बाेलेका छैनन् । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय