बुधबार , फागुण १९, २०७७

कञ्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

कञ्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

११ फागुन,कञ्चनपुर । भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ ।

छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताएका छन् । छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

घटनाबारे विद्यार्थी सङ्घसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही १५ घण्टा पहिले
शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए शेयर बजारमा उछाल आएसँगै चीनमा २५० नयाँ अर्बपति थपिए १२ घण्टा पहिले
वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ : प्रम ओली १५ घण्टा पहिले
विद्यालयमा दिवा खाजा शुरु गरेपछि विद्यार्थी संख्या बढ्यो विद्यालयमा दिवा खाजा शुरु गरेपछि विद्यार्थी संख्या बढ्यो १७ घण्टा पहिले
कांग्रेसले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ कांग्रेसले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ १२ घण्टा पहिले
बहुविवाह आरोपितलाई एक वर्ष कैद फैसला बहुविवाह आरोपितलाई एक वर्ष कैद फैसला १८ घण्टा पहिले
बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति १३ घण्टा पहिले
प्रचण्ड-माधव नेपाल संसदभित्र कुन बेन्चमा बस्दै छन ? प्रचण्ड-माधव नेपाल संसदभित्र कुन बेन्चमा बस्दै छन ? १८ घण्टा पहिले