बिहिबार , फागुण २०, २०७७

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या

११ फागुन,कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गण्डकीमा स्कुल अफ डेमोक्रेसीको कार्यसमिति बिस्तार, अध्यक्षमा गंगाधर पराजुली गण्डकीमा स्कुल अफ डेमोक्रेसीको कार्यसमिति बिस्तार, अध्यक्षमा गंगाधर पराजुली ४० मिनेट पहिले
गुणस्तरहीन भारतीय अण्डा भित्रिन थालेपछि किसान मारमा गुणस्तरहीन भारतीय अण्डा भित्रिन थालेपछि किसान मारमा ९ घण्टा पहिले
अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट नेम्वाङ र भट्टराई सम्मानित अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट नेम्वाङ र भट्टराई सम्मानित ३ हप्ता पहिले
‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ ‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ १ हप्ता पहिले
श्री एयरलाइन्सको काठमाडौं–सुर्खेत परीक्षण उडान श्री एयरलाइन्सको काठमाडौं–सुर्खेत परीक्षण उडान ३ हप्ता पहिले
पाकिस्तानकाे आक्रमणमा पाँच सैनिकको मृत्यु, एक घाइते पाकिस्तानकाे आक्रमणमा पाँच सैनिकको मृत्यु, एक घाइते २ हप्ता पहिले
सम्राटको ‘इस’ बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै सम्राटको ‘इस’ बलिउडको चर्चित म्युजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै ३ हप्ता पहिले
अमेरिकामा जुलाईको अन्त्यसम्ममा सबैलाई खोप दिने : बाइडेन अमेरिकामा जुलाईको अन्त्यसम्ममा सबैलाई खोप दिने : बाइडेन ३ हप्ता पहिले