शनिबार , फागुण २२, २०७७

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

११ फागुन, बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हुवावेको मेट एक्स२ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।

हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरेको छ ।यूका अनुसार, मेट एक्स२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७८५ अमेरिकी डलर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो ४ घण्टा पहिले
किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! १३ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने ११ घण्टा पहिले
प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णबहादुर बस्नेतलाई प्रधानसेनापति खुला म्याराथनको उपाधि कृष्णबहादुर बस्नेतलाई ६ घण्टा पहिले
हुम्लामा भूमि आयोगको कार्यालय स्थापना हुम्लामा भूमि आयोगको कार्यालय स्थापना ११ घण्टा पहिले
धनगढीकाे आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी धनगढीकाे आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी ६ घण्टा पहिले
ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन नेपालकाे आग्रह ४ घण्टा पहिले
विप्लव अन्ततः आफैले कोरेकै गोरेटोमा आइपुगे : प्रचण्ड विप्लव अन्ततः आफैले कोरेकै गोरेटोमा आइपुगे : प्रचण्ड ४ घण्टा पहिले