मंगलबार , फागुण १८, २०७७

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघवीच सम्झौता

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघवीच सम्झौता

११ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघवीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सम्झौता भएको छ ।

बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरे ।

महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पुर्याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ बान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लाहानमा खुल्यो नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा, वित्तीय पहुँच पु¥याउने लक्ष्य लाहानमा खुल्यो नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा, वित्तीय पहुँच पु¥याउने लक्ष्य १ हप्ता पहिले
‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा ‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा २ हप्ता पहिले
पढ्न छाडेर कन्दमूलको खोजीमा चेपाङ बालबालिका पढ्न छाडेर कन्दमूलको खोजीमा चेपाङ बालबालिका ४ हप्ता पहिले
प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार संविधानको कुन धारामा छ ? प्रधानमन्त्रीलाई श्री ३ र राजा बराबरकै अधिकार संविधानको कुन धारामा छ ? २ हप्ता पहिले
प्रियंकालाई निर्देशकले भने, बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नु ! प्रियंकालाई निर्देशकले भने, बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नु ! ३ हप्ता पहिले
दाङमा तीन वर्षदेखि बन्द रहेको माटो परीक्षण शुरु दाङमा तीन वर्षदेखि बन्द रहेको माटो परीक्षण शुरु ३ हप्ता पहिले
समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता समाचारमा देखिएको विकृतिप्रति दलित पत्रकार संघको चिन्ता ४ दिन पहिले
नेपाल लाइफ इन्स्योरेन्सले गर्याे ४२ करोड बढि मुनाफा नेपाल लाइफ इन्स्योरेन्सले गर्याे ४२ करोड बढि मुनाफा ३ हप्ता पहिले