मंगलबार , फागुण १८, २०७७

अपाङ्गता भएकाको लागि ह्विलचेयर वितरण

अपाङ्गता भएकाको लागि ह्विलचेयर वितरण

११ फागुन, पोखरा । जन्मजातै तथा विभिन्न दुर्घटनाका कारण अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलसँगै जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचेयर वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराद्वारा नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा १२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्करुपमा ह्विलचेयर वितरण गरिएको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गर्दै संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरेको बताउँदै उपगोगका लागि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताइन् । मुलुकका तीनै तहका सहकारमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै उनले शारीरिक अपाङ्गता भए पनि बौद्धिक सपाङ्गताको उच्च मूल्याङ्कन गर्दै उनीहरुलाई अधिकारसहितको अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन् । नुभयो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाडौँका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले शारीरिक अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचेयर महत्वपूर्ण सहयोगी सामग्री भएको बताउँदै अमेरिकन संस्था लेटरडे साइन्ट च्यारिटिसको सहयोगमा नेपालका विभिन्न ६२ जिल्लामा २० हजारभन्दा बढी ह्विलचेयर निःशुल्क वितरण गरेको जानकारी दिए ।

संस्थाले आजै पोखरामा सात जनालाई स्पोर्ट ह्विलचेयर वितरण गरेको बताउँदै भट्टराईले भने सामाजिक सेवामा समर्पित संस्थाले गण्डकी प्रदेशमा मात्र १०० भन्दा बढी सहयोगी सामग्री वितरण गरिसकेको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर बागदास पन्तका अनुसार ग्रामीण क्षेत्रमा घरको रातोमाटो दलिएर कस्टकर जीवन बिताउन बाध्य ८७० अपाङ्गता भएको व्यक्तिलाई ह्विलचियरको सहायताले आँगनसम्म झारेर संसार देखाउन सफल भएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय