मंगलबार , फागुण १८, २०७७

सर्वोच्चमा अबेरसम्म न्यायाधीशहरु छलफलमा, सुरक्षा व्यवस्था कडा

सर्वोच्चमा अबेरसम्म न्यायाधीशहरु छलफलमा, सुरक्षा व्यवस्था कडा

११ फागुन, काठमाडौं । बिना अजेण्डा आजै सुरक्षा परिषदको बैठक राखेर अहिले मन्त्रिपरिषद बैठक चलिरहँदा सर्वोच्च अदालतमा पनि संवैधानिक इजलासको बैठक बसिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा भने यो मुद्धा आजै छिनोफानो गर्न हतारिएका छन् । तर अन्य न्यायाधीशहरु भने अझै एकदुई दिन अध्ययन गरेर मात्रै फैसला दिंदा परिपक्व र भरपर्दो हुने तर्क गरिरहेका छन् ।

संसद विघटनको मुद्दा सुनुवाई भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज मंगलबार साढे ५ बजेसम्म पनि इजलास चलिरहेको छ । इजलासले मंगलबार कार्यालय समय सकिएपछि पनि यो मुद्दामा सुनुवाइ गरिरहेको छ । अदालत परिसरमा रहेका रिट निवेदकलाई पनि इजलासमा बोलाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रधानन्यायाधिश राणाको जोड चले आजै नभए भोलिसम्म सर्वोच्चले प्रतिनिधिसभा बिघटन सम्बन्धि फैसला गर्नेछ । फैसला कस्तो आउला भनि चौर्तफी प्रतिक्षा भैरहेका बेला सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संसद विघटनविरुद्ध परेको १३ वटा रिटमा पुस १० गतेदेखि सुनुवाई भइरहेको छ । फागुन ७ गतेसम्म रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको बहस सकिएपछि इजलास मंगलबारका लागि बोलाइएको थियो । यसअघि आगामी फागुन १३ वा १४ गते फैसला आउने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय