शनिबार , फागुण १५, २०७७

जित्ने हैन त ? १ रुपैयाँमै डिमहोमको फाइबर नेट

जित्ने हैन त ? १ रुपैयाँमै डिमहोमको फाइबर नेट

११ फागुन, काठमाडौं । १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ ।

दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ । उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ । ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

यसबाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्ने डिमहोमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय