
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले निरकुंश शासकले अब ठाउँ नपाउने बताएका छन् । सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र साहसिक भन्दै नेपालले अधिनायकवादको ठाउँ नरहेको पुष्टि गरेका हुन् ।
अदालतले संविधानका धारा-धारा हेरिकन फैसला गरेको र आँटका साथ १३ दिनभित्र बैठक बोलाउनु भनेर आदेश दिनु अर्को सकारात्मक कदम रहेको नेपालले बताएका छन् । प्रधानमन्त्रीले झूटको पुलिन्दा बनाउने गरेको भन्दै उनले संसदलाई अस्थिरताको थलो बन्न नदिने दाबी गरेका छन् ।
प्रतिक्रिया