सोमबार , फागुण १७, २०७७

आज दाहाल-नेपाल समूहले देशभर विजय जुलुस गर्दै

आज दाहाल-नेपाल समूहले देशभर विजय जुलुस गर्दै

१२ फागुन, काठमाडौं । नेकपा दाहाल नेपाल समुहले आज देशभर विजय जुलुस गर्दैछ । नेकपाको केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतको फैसलबाट प्रतिनिधि सभा पुनःस्थापना भएको खुशियालीमा काठमाडौं उपत्यकासहित देशैभर विजय जुलुस गर्न लागेको हो ।

काठमाडौंमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विजय जुलुस भने रत्नपार्कको शान्तिबाटिकामा हुनेछ । शान्तिबाटिकाको जुलुस मध्यान्ह १२ बजे सुरु हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिजालले बताए । गएको पुष ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।

त्यसपछि ओलीबाट अलग्गिएको दाहाल-नेपाल समूहको नेकपाले देशभर आन्दोलनका कार्यक्रम अघि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय