शनिबार , फागुण १५, २०७७

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको तीन कम्पनीको शेयर भर्ने आज अन्तिम दिन

१२ फागुन काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा ल्याएको ३ कम्पनीको सेयर भर्ने आज ९फागुन १२ गते, बुधबार० अन्तिम दिन रहेको छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २ सय कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जसमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड​को मूल्य ५२३ रूपैयाँ, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ८१२ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड​को मूल्य ४६३ रूपैयाँ तोकिएको छ ।

उक्त सेयरमा लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय