शनिबार , फागुण १५, २०७७

तत्काल सचिवालय बैठक बोलाउन वामदेवकाे माग

तत्काल सचिवालय बैठक बोलाउन वामदेवकाे माग

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेका छन् । उनी अभियानको संयोजकसमेत रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेका छन् ।

प्रेस विज्ञप्ति::
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:-
१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।
३)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु।
वामदेव गौतम , उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड निर्वाचनमा राजनीतिक दललाई अनुदानको व्यवस्था गरिनुपर्नेमा आयोगको जोड २० घण्टा पहिले
सिरियामा अमेरिकी हवाई कारबाहीमा परी इरान समर्थक १७ लडाकू मारिए सिरियामा अमेरिकी हवाई कारबाहीमा परी इरान समर्थक १७ लडाकू मारिए १७ घण्टा पहिले
कांग्रेस सभापति देउवासँग भारतीय र चिनियाँ राजदूतको भेटवार्ता कांग्रेस सभापति देउवासँग भारतीय र चिनियाँ राजदूतको भेटवार्ता २० घण्टा पहिले
साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई छात्रवृत्ति १५ घण्टा पहिले
कृषि क्षेत्र प्रर्वद्धनका लागि झण्डा महोत्सव कृषि क्षेत्र प्रर्वद्धनका लागि झण्डा महोत्सव १६ घण्टा पहिले
गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना पक्राउ गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना पक्राउ १८ घण्टा पहिले
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ फागुन २३ गतेदेखि निष्कासन हुने २१ घण्टा पहिले
‘एनआईबीएल’को ३५ वर्षः १५५ अर्ब कर्जा बिस्तार, १२ लाख बढी ग्राहकलाई सेवा प्रदान ‘एनआईबीएल’को ३५ वर्षः १५५ अर्ब कर्जा बिस्तार, १२ लाख बढी ग्राहकलाई सेवा प्रदान १४ घण्टा पहिले