
१२ फागुन, काठमाडौं । नेपाल बैंक संचालक समितिको बैठकले मधुकुमार मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको छ । फागुन १० गते बसेको उक्त बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको थियाे ।
अध्यक्ष बासुदेव अधिकारीले केहि दिन अघि मात्र राजीनामा दिएका थिए । अधिकारीको राजिनामा पश्चात अध्यक्षमा मरासिनी नियुक्त भएका हुन् ।
साथै सर्वसम्मतीबाट बैंकको अध्यक्षमा चयन भएका मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष संचालक समितिको अध्यक्षको शपथ लिएका छन् ।
प्रतिक्रिया