लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १९:१०:१
१२ फागुन, काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो अवैध लागूऔषध चरेश जस्तो देखिने खैरो वस्तु सहित मकवानपुर थाहा नगरपालिका-११ बस्ने ६१ वर्षीय जेठो गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
हेटौँडाबाट काठमाडौंतर्फ आइरहेको ना.४ ख ६११८ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त वस्तु सहित फेला पारी गोलेलाई पक्राउ गरेको हो ।
यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३४ वर्षीय बिजय कुमार सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो ।
उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पनेशस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ भोर्ले बस्ने २३ वर्षीय किशन वाईवालाई मंगलाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले ना.६५ प ७१५३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक किशनको साथमा उक्त लागूऔषध फेला पारी प्रक्राउ गरेको हो ।
यस्तै चितवनको ईच्छाकामना गाउँपालिका-५ मुग्लिन बजारबाट करिब २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा बस्ने १८ वर्षीय २ जना किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी डेरा गरी बस्ने भारतको उत्तर प्रदेश घर भएका २८ वर्षीय अर्जुन लाल गुप्तालाई १ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई शरीरमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै सिरहाको लहान नगरपालिका-७ टाउनप्लानिङबाट पैदलयात्री औरही गाउँपालिका-१ हर्कटी बस्ने २६ वर्षीय संजिव कुमार यादवलाई ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको साथमा १० रुपैयाँको नोटको २ वटा सानो पोकाभित्र उक्त ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
यस्तै प्रहरीले कास्की, पोखरा महानगरपालिका-६ बंगलादी डेरा गरी बस्ने २ जना जर्मनी नागरिकलाई अवैध लागूऔषध गाँजाको तयारी अवस्थामा रहेको ३ सय ७५ ग्राम खैरो रङको धुलो पदार्थ सहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राहदानी नम्बर C3PLH7L0 वाहक ३४ वर्षीय OLIVER र राहदानी नम्बर E7002910A वाहक ३२ वर्षीया WEE LI JHEN रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार