नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आरोग्य सेवा केन्द्र स्थापना
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार २०:२४:२
१२ फागुन,चरीकोट । दोलखा जिल्लाको दुई स्थानीय तह तामाकोशी गाउँपालिका र विगु गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । उत्तरी क्षेत्रको व्यापारिक केन्द्र विगु–४ सिङगटी बजार र तामाकोशी–३ जफेमा त्यस क्षेत्र आसपासका नागरिकलाई ध्यानमा राखी सेवा केन्द्र स्थापना गरिएको हो ।
गाउँपालिकाले शुरुदेखि नै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताएका छन् । आयुर्वेद उपचार पद्दतिमा पनि नागरिकको रुचि बढ्दै गएका कारण आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठर खड्काले नेपाल सरकारको निरोगी नेपाल निर्माण अभियानलाई सार्थक बनाउनका लागि स्वस्थ जीवनशैलीको निर्माण गरी समुदायमा भएको विभिन्न खाले सर्ने तथा नसर्ने रोगको जोखिमलाई न्यूनीकरण गर्न आयुर्वेद तथा योगको माध्यमबाट सेवा प्रदान गर्ने उद्देश्यले सेवा आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताएका छन् ।
सदरमुकाममा मात्रै केन्द्रित रहेको आयुर्वेद सेवा सञ्चालनमा आएको दुवै स्थानीय तहमा एक जना कविराजको दरबन्दी र अन्य सहयोगी रहने गरी व्यवस्थापन गरिएको छ । गाउँघरमै आयुर्वेद स्वास्थ्य सेवा पाउने भएकाले नागरिक खुशी भएका छन् । पछिल्लो समय आयुर्वेद उपचार सेवामा नागरिकको आकर्षण बढ्दै गएको र सञ्चालनमा आएका ती सेवा केन्द्रमार्फत आयुर्वेदसम्बन्धी स्वास्थ्य सेवा, औषधि, तथा योग सेवा प्रदान गर्न सकिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका डा विमल श्रेष्ठले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरीकोटले स्थानीय तहसँगको समन्वयमा ती क्षेत्रमा सेवा केन्द्र राखेको र चाँडै शैलुङ गाउँपालिकाको बागखोर बजारमा समेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
बैशाख २९, २०८१ शनिबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार