बिहिबार , बैसाख २, २०७८

राष्ट्रपतिको सहभागितामा पशुपतिमा सुनको जलहरी

राष्ट्रपतिको सहभागितामा पशुपतिमा सुनको जलहरी

१२ फागुन,काठमाडौं । पशुपतिनाथ मूलमन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको पीठिका (जलहरी) स्थापना गरिएको छ । राष्ट्रवासीका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले १०८ किलो सुनबाट बनेको पीठिकामा आज बिहान पूजा एवं प्राण प्रतिष्ठा गरेकी थिइन् ।

प्राणप्रतिष्ठासहितको पूजा एवं अनावरणपछि पशुपतिनाथका मूलभट्टसहित भट्टहरुले ज्योतिर्लिङ्गमुनि सुनको पीठिका स्थापना गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । ज्योतिर्लिङ्ग भएका स्थानमा पशुपतिनाथका पुजारीबाहेक अरुले छुन नपाउने विधि छ । विसं १८३८ मा रणबहादुर शाहका पालामा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको पीठिका जीर्ण भएपछि २०२४ साल माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको अभिलेख पशुपतिमा रहेको पनि उनले जानकारी दिए । विसं २०२४ मा चाँदीको पीठिकामा गरिएको मर्मत फेरि जीर्ण भएपछि सुनको पीठिका निर्माण गरिएको कोषले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सुनको पीठिका स्थापना गर्नुअघि गत शनिबारदेखि पशुपतिनाथ मूल मन्दिरमा १२५ ब्राह्मणले क्षमा पूजा गरेको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । पूजा गर्न २५ ब्राह्मण दक्षिण भारतबाट ल्याइएको थियो । सो अवसरमा रुद्राभिषेक, चार वेद र शिवपुराण पाठपारायण एवं वास्तु र तन्त्र विधिबाट समेत पूजा आराधना गरिएको पनि उनले बताए । सोक्रममा राष्ट्रपति भण्डारीले दक्षिण भारतबाट विशेष निमन्त्रणा गरिएका पाँच ब्राह्मणबाट गरिएको शान्तिपाठ श्रवण गरेको कोषले जनाएको छ ।

पीठिकापछि पशुपतिनाथस्थित मूल मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत स्टिमेटको काम भइरहेको छ । यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पशुपतिमा सुनको पीठिका निर्माण, छाना र बसाहामा सुनको लेपन एवं चाँदीको काम गर्न करीब रु एक अर्ब लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि सरकारले संस्कृति मन्त्रालयका तर्फबाट रु ३० करोड सहयोग गरेको थियो । अरु स्रोत कोषले नै जुटाएको हो ।

यसैगरी पशुपतिका चार ढोकामा रहेको चाँदीसमेत मर्मत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरका चार ढोका र वरिपरि चाँदीको लेप लगाइएको छ । यसका लागि हाल लागत अनुमानको काम भइरहेकाले लगत्तै छाना र बसाहामा सुनको लेप एवं चाँदीको काम शुरु गरिने कोषले जनाएको छ । महाशिवरात्रिअघि नै पशुपतिनाथ मन्दिरलाई नयाँ स्वरुपमा परिणत गर्ने कोषको तयारी छ । यस वर्ष यही फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वेब सिरिज ईओजीको फर्स्टलुक सार्बजनिक वेब सिरिज ईओजीको फर्स्टलुक सार्बजनिक ८ घण्टा पहिले
आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ आईपीएलः आज दिल्ली र राजस्थान भिड्दै, यस्तो छ दुवैको सम्भावित–११ १० घण्टा पहिले
सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार सांसद झपट रावल बस्‍ने घरमा मध्यराति ढुँगामुढा प्रहार ८ घण्टा पहिले
डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी डिजिटाइज अभियानमा जुटेको निगमले ल्यायो इआरपी ५ घण्टा पहिले
विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न ओलीको आग्रह १५ घण्टा पहिले
वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए तथा जुकाको औषधि खुवाइने ११ घण्टा पहिले
गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    गण्डकी र लुम्विनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लगिदैं    ११ घण्टा पहिले
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ७ घण्टा पहिले