सोमबार , बैसाख ६, २०७८

प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा

प्रचण्ड–माधवको सत्तायात्रा गोरु ब्याएर बिगौती खान खोजे जस्तै: सल्लाहकार सूर्य थापा

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको बताएका छन् ।

थापाले अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजे जस्तै भएको बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै थापाले प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार असम्भव भएको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

थापाले लेखेका छन्, पुष्पकमल दाहाल “प्रचण्ड“ र माधवकुमार नेपालको नेतृत्व ‘प्रधानमन्त्रीत्व’ मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजे जस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ !!

गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ । प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालसँग छलफल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय