बिहिबार , बैसाख २, २०७८

ओली र कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्छ : मोहनविक्रम

ओली र कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्छ : मोहनविक्रम

१३ फागुन, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसबीच गठबन्धन भई नयाँ सरकार बन्ने सम्भावना देखिएकाे बताएका छन् ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ पारित गर्ने पक्षमा रहेकाले यो सम्भावना देखिएको महामन्त्री सिंहले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताएका छन् । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताएका छन् । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन ।’ साथै राजनीतिक अस्थिरताको कारक प्रधानमन्त्री ओली नै रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय